नेपाली बजारमा सुनको मुल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।