मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नराम्रो कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । उनले कूप्रचारको नेतृत्व माओवादीले गरिरहेको आरोप लगाए । यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाह, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गरे ।

प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ, ओलीको दाबी छ । उनले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिने समते बताए । शिवजीले घाँटीमा लिएर कहिले गोसाईकुण्ड पुग्नुहुन्थ्यो, कहिले कहाँ । काठमाडौं बसी बसी त्यस्ता विष निलिदिन्छु, पचाइदिन्छु । कतै जानुपर्दैन । जसले जे फैलाए पनि खण्डन गरेर जाने हो, झुटलाई पराजित गर्ने हो, ओलीले भने । उनले भ्रममा नपर्न पनि आग्रह गरे । उनले प्रचण्डले भ्रष्टाचारीको संरक्षण गरेर आफूविरुद्ध आरोप लगाएको भन्दै आपत्ति समेत जनाए । देशै लुटेर एमाले भ्रष्टाचारी ? केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर हिँड्ने ? उनले भने । कांग्रेस र एमालेबीचको गठबन्धन अनुचित शक्तिहरूलाई बोक्नुपर्ने बाध्यतालाई सखाप पारौँ भन्ने संकल्पका साथ गरिएको सुनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *