एकीकृत समाजवादीको २४ सदस्यीय सचिवालय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो । जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुनेछन् । एकीकृत समाजवादीले पहिलोपटक सचिवालय गठन गरेको हो । यसअघि पदाधिकारीको टिममा उपमहासचिवसम्मका नेताहरू सहभागी थिए ।
अब सचिवहरूसहित २४ सदस्यीय समिति सचिवालय बनाइएको हो । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्राकुमारी भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर रहेका छन् ।