शैक्षिक क्षेत्रमा अग्रणी लिटिल एन्जल्स स्कुल
काठमाडौं । ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्स् स्कुल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री ईभी गाडी प्रयोग गर्दै एलएले आफूलाई पूर्णरूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ । सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम थप्दै आएको छ । १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तहसम्मका कक्षा सञ्चालन गरिरहेको छ ।

स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको लिटिल एन्जल्सले पछिल्लो २२ वर्षदेखि देशभरिका उत्कृष्ट १० कलेजमध्ये निरन्तर आफ्नो स्थान सुरक्षित गर्न सफल भएको जनाएको छ । ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने ध्येयसाथ यो संस्थाले विद्यार्थीलाई संस्कार सहित प्रविधिमैत्री शिक्षा दिने विश्वास राख्दै आएको छ। पाठ्यक्रमलाई युग सुहाउँदो ढंगमा विश्व परिवेश अनुसार परिष्कृत गर्दै एलएले शैक्षिक गुणस्तरलाई सधैं पहिलो प्राथमिकतामा राखेको छ ।

गुणस्तरीय भौतिक पूर्वाधार, प्रविधि सम्पन्न कक्षा कोठा, शान्त वातावरण, खुला र फराकिलो खेल मैदान यस शैक्षिक संस्थाको थप विशेषता हुन् । कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट तथा ए लेभल कार्यक्रम सञ्चालन गर्दै आएको एलएले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ । शैक्षिक उत्कृष्टता, शारीरिक र मानसिक विकासलाई सँगसँगै अघि बढाउँदै लिटिल एन्जल्स विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्य बन्न सफल भएको छ ।

















