राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्यो वैदेशिक रोजगार बीमा
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गराउन सक्ने जनाइएको छ । कम्पनी लामो समयदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट बाहिर रहेको थियो । गत साउन १ गतेदेखि लागु हुने गरि नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमामा पुल प्रणाली लागु गरेको थियो । यससँगै कम्पनीले सो बीमालेख जारी गर्न सुरू गरेको हो ।