नेपाली कांग्रेसका स्वर्गीय शन्त नेता कृष्णप्रसाद भटराईको सम्झनामा

बुझबुझ नेता हो
गुण नबिर्स
श्रष्ठाको सम्मानमा
मन हर्षित ।।१

उनका देन मलाई भन्दा
नेतालाई थाहा होला
आदरमानमा राख्नु पर्छ
सबको आहा छोला ।२

प्रजातन्त्र ल्याउनलाई
के के गरे उनले
आफनो ज्यानको आहुति
किन गरे जनले ।३

उनिमात्र हैन रैछन
उनका साथि झनै
कांग्रेसको नेता बन्न
सिकाउनि उनै ।४
साधु सन्त उनका बोलि
ज्ञानि हुनु पर्छ
सधै भरी रक्षा जनको
भगवानले गर्छ ।५

कति दुख हण्डर होला
कति परे जेल
कांग्रेसमा पहल गर
चहलचाहिँ नखेल ।६

कुनै पनि संम्यन्त्रमा
गुरु नभई हुन्न
माया सम्मान दियौ भने
गुरुका मन रुन्न ।७

जनताले भन्ने गर्छन
त्यस्तो नेता पाईदैन
निर्मोहि र अन्यायका
अरु नेता चाहिदैंन ।८

ओझेलमा पार्छौ भन्ने
मलाई लाग्या थियो
न्यायरुपि कांग्रेसले
आदरमान दियो ।।९

उनका देनले चेलाहरु
सब्य हुन पाए
अराष्टिय तत्वमान
उनले पनि खाए ।१०

सानै देखि उनिलाई
शन्त नेता पाको
श्रष्ठाबाट आशिर्वाद
उनले सम्मान खाको।११

जन निम्ति थिए उनी
सधै कल्याणकारी
खुसि बात भलाई गरि
माया हितभरी ।१२

राजनितिमा उनका बहस
तर म बुझ्थिन
उनका बचन मैले सुन्थे
भन्थे म झुक्दिन ।१३

यस्ता हुनु पर्छ नेता
बल्ल थाहा पाईयो
आज उनको सम्झनामा
यहाँ सम्म आईयो ।१४

पछि मैले बुझ्दै गए
राजनितिका कथा
राज्यवाट दुख पाको
रैछ धेरै व्यथा ।१५

यस्ता धर्ति पुत्रलाई
सम्मान गर्न पाउँदा
बाहुल्यथ्यो उनको देन
यहांसम्म आउंदा ।१६

देह उनको छैन यहां
तस्विर झलझलि
उनको पथ लिनु पर्छ
हुन्न अलमलि ।१७

धेरै थियो संम्यमता
सभ्यता उनिमा
बैकुण्ठमा बास होला
अहिले यो जुनिमा ।१८

आज्ञानि भै लेखे मैले
जाने बुझे जति
लेख्ने हिम्मत धेरै नै छ
आजलाई यति ।१९

राष्टियता ठूलोदल
अब छिटै सम्हाल
मर्यादामा सधै बस्छु
जय नेपाल ।।२० (हाल अष्टेलिया)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *