टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा

काठमाडौं । आगामी वर्ष हुने टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई डाकेको हो ।

क्यानले विश्वकपका निम्ति अन्तिम टिम बनाउन पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेसमेत जनाएको छ । भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *