कांग्रेसले सय दिने विशेष अभियान एक महिना लम्ब्याउने

काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिएको जनाएको छ । ७ असोजदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने गरी समयावधि बनाइएको थियो । यस अवधिभित्र कार्यसम्पादन नसकिएका जिल्लामा एक महिना अवधि थपिने भएको छ ।

१६ पुससम्मका लागि समयावधि तोकिएको थियो । सय दिने अभियानको बेलामा बाढी पहिरो, चाडबाड, स्थानीय तहको उपनिर्वाचन भयो, महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘सय दिने अभियानका बेला काम नसकेका जिल्लाले १६ माघसम्म सक्ने गरी समयावधि थपिन्छ । शर्माका अनुसार कतिपय जिल्लाले भने यही अवधिमा अभियानको काम सकेका छन् । पार्टीको आन्तरिक कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ । पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण,नवीकरण, नियमित बैठक लगायत काम गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *