मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो : भीम रावल

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए। एमालेले सो निर्णय गरेसँगै रावलले आफू विचलित नहुने बताएका छन्। ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ।

ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन्। ‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् । उनले अगाडि थपे, ‘विगतका कम्युनिस्ट पार्टीले प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दै पदका लागि जोसँग पनि सम्झौता गरिरेहका छन्। पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *