टाटाको ‘कर्भ ईभी’ नेपाली बजारमा आउँदै
काठमाडौं । टाटाको बहुप्रतिक्षित कर्भ ईभी कार नेपाल आउने भएको छ । टाटाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा लोकप्रिय बनेका चिनियाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न यो कार ल्याउन लागेको हो । सिप्रदी ट्रेडिङका अनुसार नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ । ‘हामी ल्याउने प्रक्रिया छौं । यसको मूल्य कति पर्छ भन्ने एकिन भइसकेको छैन अध्ययनमा छौं । एक सातामा यसबारे निर्णय हुन्छ । ती अधिकारीका अनुसार बिवाईडीको एट्टो थ्री, ओमोडासँग प्रतिस्पर्धा गर्न ल्याउन लागिएको हो । यो कारले एमजी जेडएससँग समेत प्रतिस्पर्धा गर्नेछ । टाटाको यी कारहरुसँग प्रतिस्पर्धा गर्न खालको ईभी मोडल अहिलेसम्म बनेको थिएन । चिनियाँ कारहरु सस्तो मूल्यमा धेरै फिचर भएका कारण चर्चित छन् । चिनियाँ कारहरुममा इन्टेरियर र एक्स्टेरियरसमेत क्लासिक देखिन्छ । नेपाली बजारमा ईभीमा चिनियाँ ब्राण्डहरुको बर्चस्व छ । टाटाले पनि कर्भ ईभीमा फिचर, इन्टेरियर र एक्स्टेरियरमा समेत मेहनत गरेर डिजाइन तयार पारेको छ । टाटा मोटर्सको पाचौं ईभी कर्भ डट ईभी भारतीय बजारमा सार्वजनिक भइसकेको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । टाटा कर्भ ईभी पाँच भेरियन्टमा उपलब्ध छ । क्रियटिभ, अकम्प्लिस्ड, अकम्प्लिस्ड प्लस एस, इम्पावरड प्लस, र इम्पावरड प्लस ए रहेका छन् । यी मध्ये कुन भेरियन्ट नेपालमा उपलब्ध हुनेछन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई रङको इन्टेरियर छ ।
यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । एलईडी लाइटिङ, टच बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ । कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ । इको,सिटी र स्पोर्टस गरी तीनवटा मल्टी ड्राइभ मोडहरु छन् । ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ । ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।