यूनाइटेड अजोडको ४ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे ग्रुप प्रालिको नाममा हाल कायम रहेको १४ लाख ५० हजार २३७ कित्ता सेयरमध्ये ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम २२५ रुपैयाँ तोकिएको छ ।

यस्तै, संस्थापक सेयरधनी राधेश्याम अग्रवालको नाममा कायम रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ । कम्पनीको सो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । विद्यमान संस्थापकहरूले ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *