प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले हर्कराज राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *