सूर्यज्योति लाइफबाट एमडीआरटी २०२५ का लागि ४० जना सदस्य बन्न सफल

काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन् । उक्त ४० जनामध्ये गौरवकुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी) का लागि योग्य भएको कम्पनीले जनाएको छ । गौरवकुमार शाही सीओटीमा दोस्रो पटक छनौट हुन सफल भए ।

कम्पनीको कोशी प्रदेशबाट २ जना, मधेस प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १७ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट ८ जना, कर्णाली प्रदेशबाट ५ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना सन् २०२५ को लागि छनौट भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा सहभागी हुन अवसर प्राप्त गरेका अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।

सीईओ खत्रीले कम्पनीसँग आबद्ध भएका हजारौं कर्मठ, लगनशील र मेहनती अभिकर्ताहरूप्रति पनि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हासिल गर्न आग्रह गरे । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४ हजार १५२ करोड, जीवन बीमा कोष ३ हजार ६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९ हजार ५४५ र देशभर रहेका १७६ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेको छ । बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो आईएसओ ९००१,२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *