अपडेट: सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो एक बजेर दुई मिनेट जाँदा भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।
भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।