‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।

सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।१३ वर्षीय सचिनको निधनमा सामाजिक सञ्जालको टाइमलाइन शोकमा डुबेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको निधनमा दुःख व्यक्त गर्दै यस्तो नियति दोहोरिन नहुने धारणा राखिरहेका छन् ।

त्यसैविचमा गायक शिव परियारले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्,

फेरि पनि कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस | हार्दिक श्रद्दान्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस यहि प्रार्थना गर्दछु |’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *