बंगलादेशका हिन्दु नेतालाई छाडन अदालतले दिएन अनुमति
ढाका । हिन्दू सन्त चिन्मय कृष्ण दास एक महिनाभन्दा बढी समयदेखि बंगलादेशको जेलमा छन् ।
चटगाउँ महानगरीय सत्र न्यायाधीशको अदालतमा उनको जमानतको सुनुवाइ भएको थियो तर अदालतले उनको जमानत खारेज गरेको थियो । यस विषयमा अदालतमा ३० मिनेटसम्म सुनुवाइ भएको थियो । जसमा अदालतले दुवै पक्षको सुनुवाइ गरेको थियो । यसको अर्थ चिन्मय दासले थप समय जेलमा बिताउनु पर्ने स्पष्ट छ । यसअघि डिसेम्बर ११ मा बंगलादेशको अदालतले प्रक्रियागत त्रुटिका कारण दासको प्रारम्भिक जमानतको निवेदन खारेज गरेको थियो।
चिन्मय दासका वकिलको स्वास्थ्य खराब भएका कारण उनको जमानतको निवेदनको सुनुवाईमा ११ जना वकिलले भाग लिएका थिए भने चिन्मय दासलाई धेरै गम्भीर रोग लागेको जनाउँदै उनलाई गलत तरिकाले जेलमा राखिएको उनको तर्क रहेको छ ।
कोलकाता इस्कॉनका उपाध्यक्ष राधा रमणले यो निकै दुखद खबर भएको बताएकी छन् । हामीलाई थाहा छ सारा संसारले यो हेरिरहेको थियो । नयाँ वर्षमा चिन्मय प्रभुले स्वतन्त्रता पाउनेमा सबैको आशा थियो । तर ४२ दिन बितिसक्दा पनि आजको सुनुवाइमा उनको जमानत खारेज भएको छ । उनले बंगलादेश सरकारले आफूलाई न्याय दिलाउन सुनिश्चित गर्नुपर्ने बताए ।