शेरा दरबारको जग्गा फिर्ता ल्याउन प्रचण्डले गरे सरकारलाई आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु ।’ प्रचण्डले दोषी जो सुकै भएपनि कारबाही गरिनुपर्ने बताएका छन् । उनले भने, ”जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।”
बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे राखेको जिज्ञासामा प्रचण्डले यसबारे बताएका हुन् ।