शेरा दरबार जग्गा प्रकरणबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै ‘प्रचण्ड’ले ‘कानून विपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए । ‘प्रचण्ड’लाई जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रूपमा लगेको छ भने फिर्ता हुन्छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ । धन्यवाद दिन तयार भए हुन्छ ।’
त्यसअघि बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।