ज्यूँदो छदैमा भेट, मृत्यु हुदाँ भेट के त ?
बिश्र्वनाथ ढुङ्गेल
ज्युँदौ छदाँ भेट्नलाई
किन जांदैनौ
बुढा पाका को को छन
मनले खादैनौ ।१
सोचौं हामी हृदयले
बृद्धा सम्मान गर्न
जति अहम गरे पनि
परिहाल्छ मर्न ।२
मरेपछि स्वर्ग नर्क
थाहा छैन हेर
गर सेवा ज्यूँदो छदैं
पुण्य मिल्छ धेर ।३
आशा हुन्छ बृद्धजनमा
खाने लाउने हैन
एक्लो भईयो कतैपनि
जान पाउने छैन।४
आशा रुपि छैन मुहार
नयन छैन शित्तल
सुन जस्ता दाँत थिए
खुनले भए पित्तल ।५
टोलबासि खवर गर्न
मिलि गैजान्छन्
वल्लो पल्लो घरवाट
खवर लैजान्छन् ।६
गाडि मोटर हुईकाउँछौ
कुदि गैजान्छौ
मरेपछि हेर्न किन ?
फोटो लैजान्छौ।७
गाउँ टोल देखाउँ भाव
नित्यखुसि कर्मले
मिठास मिल्छ हृदयमा
सेवाभाव धर्मले । ८
फलैंचामा बस्छन् सधै
बाटो हेरी हेरी
बोल्न गार्हो छहै भन्छन
सुस्थ शास फेरि ।९
खान लाउन पर्ने हैन
चाहिने सँगैसाथ
गर्न खोज्छन् बिगतका
तिता मिठा बात।१०
कुन बेला चाहिने रैछ
सहाराको खाँचो
जन्म दिने आमा पछि
पाए मैले साँचो ।११
एउटै कथा दुख व्यथा
सुनाउने गर्छन
बृद्धजनको मष्तिकमा
त्यसरि नै सर्छन ।१२
ज्यूँदो छदा गैजाउन
बरु भेटमात्र
नेताज्यूमा गरें आग्रह
बन मुख्यपात्र ।१३
परिपाटि बस्दै जान्छ
हामि बिचार गरौं
न्यायरुपि जनतामा
सधैं भर परौं ।१४
मरण पछि फलफुल च्यापि
बोकि अनि जान्छौ
ज्ञान हुँदा गर दर्शन
स्याबास् पनि खान्छौ ।१५
यमराजले कोहि भन्दैन
बुढो होस या ठिटो
टोलबासि नेताहरु
खबर छाप्न छिटो।१६
ओैकात राम्रो पार्नलाई
गर अब सामना
बृद्धा आशिष लिनै पर्छ
मिल्छ शुभकामना ।१७
(हाल अष्ट्रेलिया)