बंगलामुखी सहकारीद्वारा सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्व एंव भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आथित्यतामा विस्तारित मञ्चको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अथिति लाखाजुले समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरुसँग छलफल गरेर कार्यक्रम बनाउने तर गतल नियत राखेर स्थापना भएका सहकारीले बचतमा बढी ब्याज दिएर सदस्यहरुलाई ठगिगर्ने गरेको बताए । लोभी बचतकर्ता, क्षमता विहीन नियामक निकाय र स्वार्थी अभियानका कारण सहकारी संस्थामा समस्या आएको उनको भनाई छ । सरकारले अध्यादेश मार्फत बचतको सीमा तोेक्नु गलत भएको भन्दै उनले यसलाई लागू नगर्न अभियानको तर्फबाट एउटै आवाज लिएर आगाडि बढेको समेत बताए ।

गलत गर्नेहरुलाई समयमा नै नियमन अनुगमन मार्फत कारवाही गर्न सकेको भए सहकारीमा राखेको सदस्यको यति ठुलो बचत नडुब्ने समेत उनले बताए । अभियानभित्र पनि शुद्धिकरण आवश्यक रहेको भन्दै अध्यक्ष लाखाजुले आफ्नो मात्र फाइदा खोज्दा धेरै अभियान्ता अप्ठ्यारोमा परेको जनाए । नियामक निकाय, अभियानकर्मी र सदस्य तीनै पक्षमा सुधारको आवश्यकता रहेको बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले सदस्यहरुलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको र बार्षिक बजेटमा नै व्यवस्था गरिएको बताए । यस आर्थिक बर्ष २०८१।८२ को पाँचौ कार्यक्रम भएको भन्दै उनले ब्याजको लोभमा परेर कतिपय सदस्यले आफुले नचिनेको संस्थामा बचत गर्दा ठुलो रकम डुबेको बताए । स्थानीय सञ्चालकहरु रहेको संस्थामा कारोबार गर्दा बचत सुरक्षित हुने भएकाले त्यस्ता संस्थामा मात्र कारोबार गर्न उनको आग्रह छ । सरकारले अध्यादेश मार्फत बचतको समिा तोकेको भन्दै यसले सहकारी संस्था सञ्चालमा समस्या हुने समेत उनले जनाए । कार्यक्रममा मोटिभेटर स्पीकर डा।ताराप्रसाद गिरीले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *