बिन्धवासिनी सहकारीका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित

काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा मनोनित गरेको हो । सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ नियम ७४ उपनियम २ को (झ)स्थिरीकरण कोषको सञ्चालन समितिमा सहभागी सहकारी संस्थाका अध्यक्षहरुमध्ये कोष सञ्चालन समितिले मनोनयन गरेका सदस्य रहने व्यवस्था छ ।

स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ दफा ८ अनुसार योग्यता पुगेका सहकारीहरुमध्ये बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेका अध्यक्षलाई मनोनित गरेको हो । श्रेष्ठले कोषको दिगोपना तथा नियम बमोजिम सञ्चालनमा सहयोग पुन्याउने अपेक्षा कोषको रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *