‘ब्लुफिन टुना’ १८ करोड रुपैयाँमा बिक्यो

टोकियो । जापानमा एउटा ब्लुफिन टुना झन्डै १८ करोड नेपाली रुपैयाँमा विक्री भएको छ । मोटरसाइकलकै आकार र तौल भएको उक्त ब्लुफिन टुना टोकियोको एउटा सुशी रेस्टुराँले किनेको हो । हरेक वर्ष राजधानी टोकियोको तोयोसु माछा बजारमा टुनाको लिलाम विक्री हुन्छ । यस वर्ष ओन्देरा ग्रुपले २७६ केजी तौल भएको उक्त ब्लुफिन टुनालाई २० करोड ७० लाख येन (झन्डै १८ करोड नेपाली रुपैयाँ)को विजयी बोली लगाएको थियो । यसलाई उत्तरी जापानको आओमोरी क्षेत्रमा समातिएको थियो । यद्यपि, यो जापानमा ब्लुफिन टुनाले पाएको अहिलेसम्मको उच्च बोली भने होइन । सन् २०१९ मा २७८ केजी तौल भएको एउटा ब्लुफिन टुना ३३ करोड ३६ लाख येनमा विक्री भएको थियो । गएको वर्षको उच्च बोली भने ११ करोड ४० लाख येन थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *