हिउँ महोत्सवमा हिउँकै महल, हिउँकै मूर्ति

चीन र रुसको सीमामा ३७औं हारबिन बरफ तथा हिउँ महोत्सव २१ डिसेम्बरदेखि सुरु भएको छ । माइनस २५ डिग्री तापक्रममा हिउँका विभिन्‍न संरचनाहरू तयार गरिएका छन्, जहाँ प्रत्‍येक वर्ष ३ देखि ४ हप्तासम्म महोत्सवको रूपमा बनाउने गरिन्छ । बरफ र हिउँको शहर भनेर चिनिने हार्बिनमा यसपटक भने १४८ एकड क्षेत्रफलमा फैलिएको उक्त महोत्सवमा करिब १० हजार कामदारले १५ दिन हिउँका मनमोहक संरचनाहरु तयार गरेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टी हार्बिन नगर समितिको साइबर स्पेस एडमिनिस्ट्रेशन, हार्बिन संस्कृति तथा पर्यटन ब्यूरो र सीआरआई अनलाइनको संयुक्त आयोजनामा २१ डिसेम्बरबाट सुरु भएको सो महोत्सवमा विदेशका विशिष्ट व्यक्तित्वको पनि सहभागिता छ। सो अवसरमा सहभागीले बरफमा कोरिएका कला र मूर्ति दृश्यावलोकन गरी आनन्द महसुस गरे। हारबिन बरफ तथा हिउँ संसार, ध्रुवीय मण्डप, स्नो एक्स्पो र स्किङ सो महोत्सवका मुख्य आकर्षण हुन्। विश्वको सबभन्दा चिसो शहर हारबिन एशियाको प्रसिद्ध सङ्गीत नगर पनि मानिन्छ जसलाई संयुक्त राष्ट्रसङ्घले सन् २०१० मा सङ्गीत राजधानी नाम दिएको थियो। हारबिन रुसी वास्तुकलाका लागि प्रख्यात छ। महोत्सवकै सिलसिलामा विश्व हिउँ तथा बरफ नगर गोष्ठी तथा हिउँ एवं बरफ पर्यटन उद्योग सम्मेलन पनि आयोजना गरिएको छ। हेलङजियाङ प्रान्तको राजधानी हारबिन विगतमा चीनबाट रुस एवं युरोप प्रवेश गर्ने प्रमुख द्वार बनाइएको छ । रुसी वास्तुकलाका लागि प्रख्यात चार लाख ५४ हजार ८०० वर्गमिलोमिटरमा फैलिएको सो प्रान्तमा करिब तीन करोड ६८ लाख जनसङ्ख्या छ। सो प्रान्तमा ३५ जनजाति रहन्छन् जो मत्स्यपालन, शिकार र पशुपालनबाट जीविका चलाउँछन्। यसका साथै यहाा बढी रसियन प्रभाव रहेकाले हार्बिनबाट रेलवे समेत आउने जाने गरिएको छ जसलाई हिउँको संरचना मार्फत समेत देखाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *