तिब्बतको सिजाङ्ग क्षेत्रमा केन्द्र बिन्दु भएर गएको शक्तिशाली भुकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु

तिब्बतको सिजाङ्ग क्षेत्रमा केन्द्रबिन्दु भएर आज विहान करिब ६:५०:०२ बजेदेखि ६:५०:५३ बजेसम्म गएको ७.१ रेक्टर स्केलको भुकम्पमा परि ५३ जनाको मृत्यु र सयौं सर्वसाधारण घाइते भएको खबर प्राप्त भएको छ ।

चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहर भन्दा ३५ किमि नजिक रहेको सिजाङ्ग क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पको क्षति संकलन र राहत प्रदान गर्न ३ तहको आपतकालीन उद्धार टोली सक्रिय गरेको छ र उद्धार र राहत कार्यमा छिटो काम गर्न उक्त कार्यदल खटाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *