साना किसान लघुवित्तले बोनस सेयर प्रदान गर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० मा ७७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा रहेकोमा आव वर्ष २०८०।८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी आव २०७९।८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ रहेकोमा आव २०८०।८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यस वित्तीय संस्थाको ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १६९२ साझेदार संस्था आवद्ध छन् । १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्‍याउन सफल यो संस्थामा दलित १२प्रतिशत , जनजाति ३४ प्रतिशत र अन्यको ५४ प्रतिशत रहेकोमा महिला सहभागिता ८० प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *