नेप्से परिसुचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

आज नेप्से परिसूचक १८ अङ्कले घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । अन्य सबै उपसमूहको सूचक घटेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *