न्युजील्याण्डका ब्याट्सम्यान मार्टिन गप्टिलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौँ । न्युजील्याण्डका विस्फोटक ब्याट्सम्यान मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३८ वर्षीय गुप्टिलले २००९ मा डेब्यू गरेका थिए र आधिकारिक रूपमा आफ्नो १४ वर्षे अन्तर्राष्ट्रिय करियरको अन्त्यको घोषणा गरेका छन् । उनले अक्टोबर २०२२ मा न्युजिल्याण्डका लागि आफ्नो अन्तिम खेल खेलेका थिए । गप्टिलले न्युजिल्याण्डका लागि तीनै ढाँचामा ३६७ खेल खेलेका छन्।
गप्टिलले आफ्नो करियरमा २३ अन्तर्राष्ट्रिय शतक बनाए र सीमित ओभरको ढाँचामा पनि आफ्नो कौशल प्रदर्शन गरे । गप्टिल टी-२० मा न्युजील्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १२२ खेलमा ३५३१ रन बनाएका छन् । उनले एकदिवसीय खेलमा ७३४६ रन बनाएका छन् र यस ढाँचामा न्यूजील्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनीभन्दा अगाडि रोज टेलर र स्टीफन फ्लेमिङ छन् ।
गुप्टिल आफ्नो पहिलो एकदिवसीय खेलमा शतक बनाउने पहिलो न्युजील्याण्डका ब्याट्सम्यान हुन् । उनले यो उपलब्धि २००९ मा वेस्टइन्डिजविरुद्ध हासिल गरेका थिए ।