एडविन क्यास्ट्रो लटरी जितेर अर्बपति बने

भाग्यले कहिले मानिसलाई सिंहासनसम्म पुर्‍याउन सक्छ भने जमिनमा खसाउन पनि सक्छ । मान्छे एक पलमा राजा र अर्को क्षणमा रङ्क बन्न सक्छ। एकै चोटि आलिसान घरको मालिक बन्न सक्छ त त्यसपछि घरबारविहीन हुन सक्छ। अमेरिकाको लस एन्जिलसको जंगलमा लागेको डढेलोका कारण एडविन क्यास्ट्रोलाई पनि त्यस्तै भएको छ । एडविन क्यास्ट्रो एकै झट्कामा अर्बौँको मालिक बने तर अहिले एकै पलमा करोडौँको सम्पत्ति स्वाहा भएको छ । सन् २०२२ मा अमेरिकाको लटरी इतिहासकै सबैभन्दा ठुलो ज्याकपोट जित्ने व्यक्ति क्यास्ट्रो रातारात अरबौँको मालिक बनेपछि विश्वभर एउटा समाचारले हेडलाइन बनेको थियो । उनले २.०४ बिलियन डलर जितेका थिए । यो जितपछि उनको जीवन पूर्णतया परिवर्तन भयो। क्यास्ट्रोले ज्याकपोट रकमले लस एन्जलिसमा आफ्नो प्रतिष्ठा बढाउन कुनै कसर छोडेनन्। उनले २५.५ मिलियन डलरमा हलिउड हिल्समा शानदार घर, आफ्ना आमाबाबुको लागि ४ मिलियन डलरको जापानी शैलीको घर, र ४७ मिलियन डलरमा अर्को बंगला खरिद गरे। यसबाहेक उनले आफ्नो लागि ३.८ मिलियन डलरको बिच फ्रन्टमा घर पनि किनेका थिए । सन् २०२५ मा एडविन क्यास्ट्रो फेरि एकपटक समाचारमा आएका छन् तर यसपटक भने कारण निकै पीडादायी छ । लस एन्जलिसको डढेलोले उनको खुसी खोसेको छ । उनको ३।८ मिलियन डलरको बिच फ्रन्ट आगोमा खरानी भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *