सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी रहेको छ ।

बुधबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालय बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी लगायतका विपक्षी दल सहभागी हुने बताइएको छ । विपक्षी दलहरुले सरकारले संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरिरहेको भन्दै संसद अधिवेशन आव्हान गर्न दबाब दिने लगायत विषयमा छलफल गर्ने भएका छन् ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् । रास्वपा का डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *