कानुन निर्माणमा एकजुट भई अघि बढ्ने चार दलका नेताहरुको निष्कर्ष

काठमाडौं । मुख्य चार दलका प्रमुख सचेतकहरुले संसदलाई प्रभावकारी बनाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेका छन् ।

आज (शुक्रबार) सिंहदरबारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपाका प्रमुख समेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । एमाले प्रमुख सचेत महेश बर्तौलाले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पु¥याउन संसदीय दलहरुले भूमिका खेल्ने विषयमा छलफल भएको बताए । उनले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए ।

नेता बर्तौलाले कानुन निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । छलफलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार उपस्थित थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *