वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने भएका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको बयान तथा थुनछेक बहस हुँदैछ । जसका लागि, सभापति लामिछाने हिजै रुपन्देही पुगिसकेका छन् । सभापति लामिछानेको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा पेशी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले आज पनि सभापति लामिछानेको विपक्षमा बहस गर्नेछन् । यसअघि काठमाडौं जिल्ला अदालतमा लामिछानेको विपक्षमा बहस गरेका थिए ।