एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकका लागि आकर्षक योजना

काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यस नयाँ योजनाअन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेनईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यस योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख रूपैयाँ र टीएमवानको लागि ५।९९ लाख रूपैयाँसम्मको डाउनपेमेन्ट पनि समावेश छ।

जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ। यसका साथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१।८२ को लागि एकवर्षको निःशुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन् । घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन् । यसमाथि अझै मूल्य थप्न यो योजनाले निस्शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप(अप बेस्टभ्यालुएसन बोनस पनि समेट्छ । यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारी साधनहरूलाई अझ पहुँच योग्य र किफायती बनाउने लक्ष्य राखेको छ । यो सीमित(समयको अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *