महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण २ को पुरस्कार वितरण सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यत्रमकाबीच प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार वितरण गरियो । उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारसराज बर्जाचार्य तेस्रो हुन सफल भए । विजेताले प्रमाणपत्रका साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे । पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त ‍गरेका छन्।

यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरमार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *