रवि भोलि पनि अदालत उपस्थित हुने, परिवारको जिम्मामा लामिछाने
काठमाडौँ । रवि लामिछानेको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।
पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ । आज लामिछानेका वकिलहरूको पालो भने आएन । मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरूले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए ।
पीडित र रविका तर्फबाट भोलि बहस हुने बताइएको छ भने रविलाई हिजो जस्तै आज पनि परिवारको जिम्मा लगाइएको छ ।