अस्वस्थका कारण प्रधानमन्त्रीका विभिन्न ठाउँ जाने कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रूपन्देही र पाल्पा जाने भनिएकामा अन्तिम समयमा स्थगित भएको छ ।

प्रधानमन्त्री ओली आज रूपन्देही र पाल्पामा आयोजित विभिन्न कार्यक्रममा जाने तय भएको थियो । तर चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली कार्यक्रममा नजाने भएका हुन् । चिकित्सकहरूले प्रधानमन्त्रीलाई बालुवाटारमै आराम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललाई पठाएका हुन् । प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन् । चिसोले उनको स्वर भासिएको सचिवालयले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *