नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालवरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले चितवनमा आयोजित कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागी अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौं प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने बताए । समारोहमा योजनामा छनौट भई सहभागि अभिकर्ताहरुलाई दाहालले सम्मान पत्र प्रदान गरेका थिए । सहभागि अभिकर्ताहरुले दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे ।