अस्कर सिफारिस ‘हल्कारा’ओटीटीमा

काठमाडौँ । ९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । चलचित्रलाई विश्वभरबाट हेर्न सकिन्छ । गत वर्ष नेपालमा रिलिज भएको चलचित्रले समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने चलचित्रलेमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ । चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । चलचित्रमा महेश र बिनिताकोको अलवा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ । कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्र ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *