हर्नियाको शल्यक्रिया गराएका लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो । सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेका थिए । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्धक डा. अभिषेकराज सिंहले बताए ।

यही गतिमा रिकभर भएमा सन्दीप दुई/तीन हप्ता पछि नै मैदान फर्किन सक्ने उनको भनाइ छ । अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपलाई शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । आज डिस्चार्ज हुने क्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह अस्पतालमा पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *