३२ वर्षमै १०० बच्चाको पिता बन्दै
अमेरिकामा एक ३२ वर्षीय युवक १ सय बच्चाको पिता बन्दैछन् । हालसम्म ८७ जना बच्चाको जैविक पिता बनिसकेका काइल गार्डी अबको केही दिनमै थप केही बच्चाको बाउ बन्दैछन्, जसका कारण उनका सन्तानहरुको संख्या १ सय नाघ्नेछ । गार्डी विश्वकै सबैभन्दा चर्चित मध्येका एक शुक्रकिट दाता हुन्। क्यालिफोर्नियाका बासिन्दा गार्डीका सन्तानको संख्या १ सय पुगेसँगै उनी गार्डी सय बढि सन्तान हुने विश्वका तीनजना व्यक्तिमध्येमा पर्नेछन् । तर, निकट भविष्यमै उनले धेरै सन्तानको पिताको रुपमा गिनिज बुकमा नाम लेखाउने सम्भावना छ । किनकि उनले शुक्रकिट दानको कार्यलाई रोक्ने कुनै मनसाय बनाएका छैनन्। यतिधेरै बच्चाको पिता बन्नुको अनुभव निकै शानदार हुने उनी बताउँछन् । उनी भन्छन्ः कहिल्यै परिवार बसाउने बारेमा सोँच्न पनि नसकेका महिलाहरुलाई सन्तान प्राप्तिको लागि सहयोग गर्न पाउँदा म खुसी छु। तर विश्वकै जनसंख्यामा कुनै ठूलो प्रभाव पार्नबाट चाहिँ म अझै टाढा नै छु । यद्यपि अहिले सुरुवात गरिरहेको छु । कतिजना बच्चाको पिता बन्ने भन्ने बारेमा मेरो कुनै तय लक्ष्य छैन । जबसम्म महिलाहरुलाई मेरो आवश्यकता पर्नेछ, तबसम्म म बच्चाको पिता बनिरहनेछु। काइलले द्यभ एचभनलबलत ल्यध नामक वेबसाइटको माध्यमबाट निशुल्क रुपमा आफ्नो शुक्रकिटदान सेवा प्रदान गर्दछन् । वर्तमानमा उनी बेलायत, स्कटल्याण्ड, स्विडेन तथा नर्वेमा १४ जना बच्चाको पिता बन्दैछन् ।उनका सोसल मिडियामा ३ हजार भन्दा धेरै फलोअर्स छन् र उनले महिलाहरुलाई आफ्नो सेवाका लागि सम्पर्क गर्न आमन्त्रण गर्दछन् । टिएलसी टिभीको लोकप्रिय कार्यक्रम नाइन्टी डे फियान्सेमा पनि प्रस्तुत भैसकेका गार्डी अहिले विश्वका विभिन्न ठाउँहरुमा यात्रा गरेर सेवा प्रदान गरिरहेका छन् । यद्यपि उनको व्यक्तिगत जीवन चाहीँ स्थीर छैन । टेलिभिजन शो मा अनिका फिलिपसँगको उनको ८ महिने रोमान्स यात्रा पनि टुट्यो । गार्डीका अनुसार यो वर्ष उनले विश्वका विभिन्न देशको यात्रा गर्ने योजना बनाएका छन् । जापान र आयरल्याण्डका केही महिलासँग कुराकानी भैरहेको भन्दै उनले ती दुई देशमा आफुले पहिलोपटक शुक्रकिट दान गर्न गईरहेको पनि बताएका छन् । यसका अलावा उनले यो वर्ष बेलायत, अमेरिका तथा अन्य युरोपेली मुलुकहरुमा गएर पनि शुक्रकिट दान गर्ने योजना बनाएका छन् । यी सबैका बीच गार्डीको आइरिस महिलासँग विशेष लगाव छ । एकजना आइरिस महिलासँग बिहे गरेर उतै स्थायी रुपमा बस्न चाहन्छन् उनी । यो वर्ष जापान, आयरल्इाण्ड र कोरियासम्मका बच्चाको पिता बन्ने उनको चाहना छ । सन् २०२६ भित्रमा विश्वका हरेक देशमा आफ्नो कम्तिमा एउटा बच्चा हुने दाबी पनि उनले गरेका छन् ।