नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गर्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले एक विषेश प्रदेशसहित अन्य सात प्रदेश र प्रवासका इन्चार्ज तोकिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए ।

त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए । त्यस्तै नेकपा माओवादी केन्द्रले १२३ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बैठकले पार्टीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

कोशी- हरिबोल गजुरेल

मधेश- मातृका यादव

बागमती- हितमान शाक्य

गण्डकी- दिनानाथ शर्मा

लुम्बिनी- चक्रपाणि खनाल

कर्णाली- कालीबहादुर मल्ल

सुदूरपश्चिम- गिरिराजमणि पोखरेल

विशेष प्रदेश- जयपुरी घर्ती

प्रवासमा

सार्क समितिमा लक्ष्मण पन्त

युरोप-अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा

१२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । सोमबार बसेको बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ । ‘फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *