विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौँ । अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ ।

ढकारी गाउँपालिका स्तरीय कार्यक्रम वडा खोप समन्वय समितिका संयोजक तथा ढकारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष उमा बहादुर बुढाको अध्यक्षतामा एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरिएको हो । आज मंगलबार ९माघ २२० गते सञ्चालन भएको एचपिभी खोप अभियान देखि फागुन ६ गतेसम्म चल्ने छ ।

अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई निस्शुल्क रूपमा एचपीभी खोप लगाइने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *