बगर भाइ खलक ८-८ खेलाडी सम्मीलित (8 ‘A’ Side) अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१ मा बानेश्वर फ्रेन्डसिप क्लब  च्याम्पियन

पोखरा। बगर भाइ खलक ८-८ खेलाडी सम्मीलित (8 ‘A’ Side) अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१ मा बानेश्वर फ्रेन्डसिप च्याम्पियन

पोखरा । आज भएको बानेश्वर फ्रेन्डसिपले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले पराजित गर्दै बोनेश्वरले उपाधि आफ्नो पोल्टामा पारेको छ । उपाधि जितेको बानेश्वर फ्रेन्डसिप क्लबले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   बानेश्वरका हरिहर थापा म्यान अफ टुनामेन्टकै सर्वोत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भएका छन् । फाइनल खेलमा बानेश्वर फ्रेन्ड्सिपका प्रबिर के. सी. म्यान अफ दि म्याच भएका थिए । विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, चिरायु नेशनल अस्पतालका प्रतिनिधि, काठमाडौँ  महानगर पालिका बडा नं १० का वडा अध्यक्ष राम कुमार के.सी. ,पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पोखरा १ का वडाध्यक्ष साहरा प्रधान, तमु धि युकेका प्रतिनिधि, बगर भाइ खलक युकेका प्रतिनिधि, भाइ खलकका सल्लाहकारहरू लगायतले पुरस्कार वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *