पाँच तारा साकोसद्वारा १५ बर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई पेन्सन वितरण

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन दिन सुरु गरेको छ । संस्थाले निरन्तर १५ बर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई आज पेन्सन विरतण गरेको हो । संस्थाको १७ औं बार्षिक साधारण सभाले नियमित रुपमा मासिक बचत गर्ने सदस्यहरुलाई पेन्सन दिने प्रस्ताव पारित गरेको थियो । सोही अनुरुप संस्थाले पहिलो पटक सदस्यहरुलाई पेन्सन उपलब्ध गराएको हो । सदस्यहरुलाई बचत गर्ने वानीको विकास गराउदै १५ वर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई पेन्सन वितरण गरिएको अध्यक्ष भोला नाथ पाठकलले जानकारी दिए । नियमित बचत खातामा १५ वर्ष मासिक रुपमा बचत गरेका ५६ जना सदस्यहरुले आफूले गरेको बचत रकमको आधारमा पेन्सन प्राप्त गरेकोे उनको भनाई छ । संस्थाको सभाहलमा आयोजित एक कार्यक्रममा मापदण्ड पुगेका उक्त सदस्यहरुलाई पेन्सन वितरण गरिएको उनले जनाए । संस्थाले त्रैमासिक रुपमा सदस्यहरुलाई पेन्सन उपलब्ध गराउने छ ।

पेन्सन शुभारम्भ कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष पाठकले बचत नै सुरक्षित भविष्यको आधार रहेको बताए । सदस्यहरुलाई बचत गर्ने वानीको विकास गराउने उद्देश्यका साथ पेन्सन कार्यक्रमको अवधारणा ल्याइएको उनले जानकारी दिए । कार्यक्रमको संचालन संस्थाका सचिव लोचन हरि प्रसाईंले गरेका थिए भने पेन्सन कार्यक्रममा आवद्धता वारे संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले प्रस्तुती गरेका थिए । उक्त अवसरमा संस्थाका पेन्सन प्राप्त गर्ने जेष्ठ सदस्य मधुसुधन उपाध्यायबाट पेन्सन वितरणको सुरुवात गरिएको थियो । उक्त पेन्सनसँगै सदस्यहरुले दशैंको समयमा थप एक महिनाको पेन्सन बराबरको रकम, गणेशमान सिं अस्पतालमा एकपटक तोकिएको निःशुल्क स्वास्थ्य जाँच, शारिरिक अंगभंग भएमा तोकिएको सुविधा समेत प्राप्त गर्ने संस्थाका व्यवस्थापक राधा कडरियाले जानकारी दिइन् । ‘बचत गर्नु राम्रो, पाँच तारा साकोसमा गर्नु झनै राम्रो ’भन्ने मूल नाराका साथ २०६४ चैत्र २० मा दर्ता भई २०६५ बैशाख १ बाट वित्तीय कारोबार सुरु गरेको संस्थामा हाल २ हजार १७० शेयर सदस्य रहेका छन् भने संस्थाको कूल सम्पत्ति एक अर्व पाँच लाख रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *