अध्यादेशबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल

काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा छलफल भएको बताइएको छ । कांग्रेस–एमाले गठबन्धनलाई संयन्त्रले सहजीकरण गर्दै आएको छ ।

पछिल्ला दिनमा सत्तारुढ दलभित्रै पनि सरकारका कामकारबाहीलाई लिएर आलोचना भइरहेको छ । स्रोतका अनुसार सरकारले ल्याएको अध्यादेशलाई कसरी पारित गर्ने भन्ने विषयमा मंगलबारको छलफल केन्द्रित भएको बुझिएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेशमा राष्ट्रिय सभामा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालले साथ नदिएकाले संसदमा निर्णयार्थ पेस हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *