विश्वकै पहिलो दशतारे होटल, सबै चिजमा सुन, एक रातको शुल्क २८ लाख १
काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई आफ्नो लग्जरी जीवनशैली तथा आलिशान होटलहरुका लागि चर्चित छ । त्यहीँ दुबईमा एउटा यस्तो होटल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपैयाँ बराबरको मूल्य तिर्नुपर्छ । यसलाई विश्वकै पहिले दशतारे होटल पनि भनिन्छ । उक्त होटलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनकि यो अर्बपति व्यापारी तथा धनी राजपरिवारहरुको पहिलो रोजाईको रुपमा रहेको छ । आम मानिसका लागि यो केवल एउटा पूरा नहुने मनोकांक्षा जस्तै हो, जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यो विश्वका धनीहरुको एउटा यस्तो गन्तव्य हो जहाँ केवल धनाढ्यहरुले मात्र प्रवशे पाउँछन् । यो होटलले सुपर धनाढ्यहरुलाई विश्वकै सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ ।
यो होटलमा पिल्लरदेखि ढोकाका ह्याण्डल सम्ममा सुन लेपन गरिएको छ। बाथरुममा पनि सुनको कला देख्न सकिन्छ, जसले हरेक पाहुनालाई राजर्षी अनुभूति प्रदान गर्दछ ।काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई आफ्नो लग्जरी जीवनशैली तथा आलिशान होटलहरुका लागि चर्चित छ । त्यहीँ दुबईमा एउटा यस्तो होटल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपैयाँ बराबरको मूल्य तिर्नुपर्छ । यसलाई विश्वकै पहिले दशतारे होटल पनि भनिन्छ । उक्त होटलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनकि यो अर्बपति व्यापारी तथा धनी राजपरिवारहरुको पहिलो रोजाईको रुपमा रहेको छ । आम मानिसका लागि यो केवल एउटा पूरा नहुने मनोकांक्षा जस्तै हो, जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यो विश्वका धनीहरुको एउटा यस्तो गन्तव्य हो जहाँ केवल धनाढ्यहरुले मात्र प्रवशे पाउँछन् । यो होटलले सुपर धनाढ्यहरुलाई विश्वकै सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटलमा पिल्लरदेखि ढोकाका ह्याण्डल सम्ममा सुन लेपन गरिएको छ। बाथरुममा पनि सुनको कला देख्न सकिन्छ, जसले हरेक पाहुनालाई राजर्षी अनुभूति प्रदान गर्दछ ।