रारा रिसोर्टको शिल्यान्यास
काठमाडौं । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा निर्माण हुन लागेको रारा रिसोर्टको शिल्यान्यास भएको छ । बुधबार काठमाडौंमा एक कार्यकमबीच रिसोर्टको शिल्यान्यास वन तथा वातावारणमन्त्री ऐनबहादुर शाहीले गरेका हुन् । अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको रिसोर्टको लागत करिब २ अर्ब रुपैयाँ छ ।
गत वर्ष काठमाडौँमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अध्यक्ष अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षभित्र सप्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जानकारी दिएको छ । समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु हुने जनाइएको छ ।