कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्न लागेको छ । संघले फागुन ७ देखि १० गतेसम्म केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । केन्द्रीय कार्यालयमै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन बोलाइएको अध्यक्ष बालकृष्ण दाहालले जानकारी दिए । उनका अनुसार महाअधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । २०५६ सालमै हुनुपर्ने महाधिवेशन हाल आएर गर्न लागिएको हो। यो बिचमा संगठन तदर्थ समितिबाट चल्दै आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *