बिन्धवासिनी सहकारी ३२औं स्थापना दिवस

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था आज भन्दा ३२ बर्ष अगाडि काभ्रे जिल्लाको खोपासीमा स्थापना भएको उक्त संस्थाले हालसम्म ५७ हजार बढी सदस्यलाई वित्तीय सेवा दिनुका साथै उनीहरुको आर्थिक समृद्धिका लागि बलियो आधार बनेको छ । संस्थाले ग्रामीण भेगका सदस्यहरुलाई बचत गर्ने बानीको विकास गर्नुका साथै ऋण लिएर उद्यमशील बन्न समेत अभिप्रेरित गरेको छ । संस्थासँग जोडिएकै कारण धेरै सदस्यहरुले आर्थिक सामाजिक रुपान्तरण गर्न सकेको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुलाई ऋण दिने मात्रै होइन, उद्यम गर्न आवश्यक पर्ने सीप, तालिम र प्राविधिकहरु समेत उपलब्ध गराउँदै आएको छ । जसले गर्दा सदस्यहरुलाई कृषि, पशुपालन र अन्य व्यवसाय गर्न थप सहयोग मिलेको छ । संस्थाले सदस्यहरुलाई दिएको सहज सेवा सेवाकै कारण संस्थाप्रति दिनप्रतिदिन आकर्षण बढेर गएको छ भने यस अवधिसम्म आइपुग्दा संस्थाले हजारौं सदस्यको मन जित्न सफल भएको छ । बिन्धवािसिनी बचत तथा ऋण सहकारी स‌ंस्था लि.काभ्रेपलाञ्चोकको गौरवमय ३२ औ स्थापना दिवसको शुभ अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरु, संस्था स्थापनाकालका अग्रज परिकल्पनाकार, वर्तमान तथा पूर्व सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप सिमितिका पदािधकरी तथा सदस्यज्यूहरु, सहकर्मी कर्मचारीवर्ग, छाता स‌ंघहरु, नियमन निकाय, साझेदार संस्थाहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता सहित भावी दिनहरुमा शेयर सदस्यको हित र समृद्धिका लागि सुरक्षित गुणस्तरीय एवं प्रविधियुक्त वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न बिन्धवासिनी साकोस व्यवस्थापन परिवोरल प्रतिवद्ध व्यक्त गरेको छ । साथै संस्थाका पनौति कार्यालयका व्यवस्थापक सुरज अधिकारीे सदस्यहरुको व्यवसायको विश्लेषण गरेर संस्थाले ऋण लगानी गर्ने गरेको बताउँछन् । पनौति कार्यालय अन्तर्गत १३ हजार सदस्य र २ हजार बाल बचतकर्तालाई सेवा दिँदै आएको उनले बताए । उक्त कार्यालयबाट ८५ करोड ऋण लगानी गरिएको उनको भनाई छ । संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने सीप, पुँजी, प्रविधि र प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने गरेको अधिकारीले जानकारी दिए । संस्था र ‘किसान टु’ परियोजनाको साझेदारीमा पनौति, ढुंखर्क, बनेपा, नमोबुद्ध र भकुण्डे सेवा केन्द्रमार्फत ८० समुहका २ हजार कृषक परिवारलाई समेटेको उनले बताए । ज्ञानमा आधारित दिगो कृषि परियोजना भएकाले नर्सरी, उत्पादन र बजारीकरणसम्म संस्थाले सघाउने गरेको छ । संस्थाले सदस्यहरूमा उद्यमशीलता विकास गर्न बिडिएस डेस्क नै स्थापना गरी अगाडि बढेको छ । सदस्यहरूमा उद्यमशीलता विकास गर्ने उद्देश्यकासाथ संस्थाले बिडिएस डेस्क खडा गरेको र उक्त डेस्कबाट सदस्यहरूले गर्न चाहेको व्यवसायका विषयमा परामर्शका साथै आवश्यक पुँजी र प्रविधि समेत उपलब्ध गराउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *