साढे ७ अर्ब लागतको माथिल्लो म्याग्दी जलविद्युतमा प्रभु स्टील्सले लगानी गर्ने

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा २० प्रतिशत सेयर लगानी गर्ने भएमो छ । उक्त जलविद्युतको चुक्ता पुँजीको २० प्रतिशत सेयर प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले लगानी गर्ने भएको हो । म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा म्याग्दी खोलामा निर्माण गरिने हुने ३७ मेगावाट जडित क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट ४५ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने भएको हो । हाइड्रो इम्पाएर प्रालीले निर्माण गर्ने सो परियोजनामा स्वपूँजी लगानी गर्ने सम्झौता भएको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीले जनाएको छ ।

सम्झौतामा हाइड्रो इम्पाएरका अध्यक्ष काजी लामा र प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडका अध्यक्ष भोज कुमार खड्काले हस्ताक्षर गरे । आयोजनाको निर्माणले नेपाल सरकारले राखेको जलविद्युत क्षेत्रको विकासको लक्ष्य पूरा गर्न विशेष भूमिका खेल्ने विश्वास गरिएको कम्पनीले जनाएको छ । आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा एभरेष्ट बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र नबिल बैंकले ५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ । आयोजनाको कुल लागत ७ अर्ब ६३ करोड हुनेछ । आयोजनाको २०८३ चैतमा सम्पन हुने हाइड्रो एम्पायरले जनाएको छ । आयोजनामा प्रवद्र्धकहरुले २ अर्ब ३० करोड लगानी गर्नेछन् । उक्त आयोजनामा लगानी सम्झौता गरेको प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्न तयारी गरेको छ । कम्पनीले २६ मंसिरमा कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *