नेपाल सुपर लिगमा मिनी अक्सनबाट सात टोलीमा को को खेलाडी आबद्ध भए ?
काठमाण्डौं । आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी अक्सन भएको छ। ए र बी श्रेणीका खेलाडीका लागि मात्र अक्सन भएको थियो। जसमा ए श्रेणीका १५ खेलाडी र बी श्रेणीका ४५ खेलाडी गरी कुल ६० खेलाडीका लागि बोली लगाइएको थियो। ए श्रेणीका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ४ लाख थियो। यस्तै बी श्रेणीको न्यूनतम मूल्य १ लाख ५० हजार र अधिकतम मूल्य २ लाख थियो। यी खेलाडीका लागि सात टोलीले बोली लगाएका थिए। जसमा ए श्रेणीका आठ खेलाडीले अधिकतम ४ लाख रुपैयाँ पाएका छन्। जसमा पासाङ लामा, दिनेश हेन्जन, मणिकुमार लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, जिलेस्पीजंग कार्की र सन्तोष खत्री अधिकतम ४ लाखमा बिक्री भएका हुन्। अक्सनमा नाम चलेका केही खेलाडी भने बिक्री हुन सकेनन्। जसमा गोलकिपर विकेश कुथु, फरवार्डहरु भरत खवास र नवयुग श्रेष्ठ अनसोल्ड भए। यसअघि सात टोलीले मार्कीसहित ए,बी श्रेणीका कम्तिमा ती र बढीमा चार जना खेलाडी टोलीमा रिटेन गरेका थिए। यसर्थ शनिबार भएको अक्सनबाट कम्तिमा ६ खेलाडी भित्र्याएका छन्। अब टोलीहरूले सी र डी श्रेणीका खेलाडी ड्राफ्टबाट भित्र्याउनेछन्। प्रत्येक टोलीले २२ देखि २३ खेलाडी राख्न पाउनेछन्। जसमा १ मार्की, २ देखि ३ जना ए श्रेणीका खेलाडी, ६ जना बी श्रेणीका खेलाडी, ४ जना सी श्रेणीका खेलाडी, १ जना डी श्रेणीका खेलाडी, १ जना स्थानीय खेलाडी, ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित) र १ जना एनआरएनए (राख्न,नराख्ने गर्ने निर्णय टोलीको( नेपाल बाहिर बस्ने नेपाली खेलाडी) राख्न पाउनेछन्।
हेर्नुहोस् मिनिअक्सनपछि सात टोलीमा आबद्ध भएका मार्कीसहित ए र बी श्रेणीका खेलाडीको सूची
बुटवल लुम्बिनी एफसी
मनिष डाँगी (मार्की)
एरिक बिष्ट (ए रिटेन)
निरजन धामी (बी रिटेन)
सरोज तामाङ (बी रिटेन)
फत्तेमान घले (बी)
बिमल पाण्डे (बी)
प्रदीप लामा (ए)
टिकेन्द्र सिंह थापा (बी)
दीप कार्की (ए)
सन्दीप कार्की (बी)
धनगढी एफसी
कृतिशरत्न छुञ्जु (मार्की)
देवेन्द्र तामाङ (ए रिटेन)
रन्दिप पौड्याल (बी रिटेन)
रामचन्द्र वाजी (बी रिटेन)
जर्जप्रिन्स कार्की (बी)
पासाङ लामा (ए)
प्रशान्त लक्सम (बी)
अशोक खवास (बी)
विवेक पौडेल (ए)
जियारथ शेख (बी)
एफसी चितवन
अन्जन विष्ट (मार्की)
विशाल श्रेष्ठ (ए रिटेन)
छिरिङ गुरुङ (बी रिटेन)
रोशन राना मगर (बी रिटेन)
मिलन राई (बी)
शिशिर लेखी (बी)
अभिषेक लिम्बु (ए)
जय गुरुङ (बी)
सुमित श्रेष्ठ (ए)
निरज चौधरी (बी)
झापा एफसी
लकेन लिम्बु (मार्की)
छिरिङ लामा (ए रिटेन)
अविनाश स्याङताङ (बी)
दिपेश धिमाल (बी)
आशिष गुरुङ (ए)
अन्जल श्रेष्ठ (बी)
रोशन पहारी (बी)
दीपेन्द्र विक (बी)
उज्वल रल (बी)
काठमाडौं रेजर्स एफसी
रोहन कार्की (मार्की)
दिपेश गुरुङ (ए रिटेन)
कुलदीप कार्की (बी रिटेन)
अभिषेक बराल (बी रिटेन)
आशिष चापागाई (बी)
दिनेश हेन्जन (ए)
जिलेस्पीजंग कार्की (ए(
कमल श्रेष्ठ (बी(
दिवाकर चौधरी (बी)
अन्जल महर्जन (बी)
ललितपुर सिटी एफसी
अनन्त तामाङ (मार्की)
सनिश श्रेष्ठ (ए रिटेन)
आदित्य शाक्य (बी रिटेन)
सुदीप गुरुङ (बी)
योगेश गुरुङ (बी)
मणिकुमार लामा (ए)
नवीन लामा (बी)
सन्तोष खत्री (ए)
अभिषेक वाइबा (बी)
समित श्रेष्ठ (बी)
पोखरा थन्डर्स एफसी
समीर तामाङ (मार्की)
आयुष घलान (ए रिटेन)
पदम भट्टराई (बी रिटेन)
राम थापा (बी)
चन्दन दास (बी)
विशाल तामाङ (बी)
सुरज ज्यु ठकुरी (ए)
कृषल मोक्तान (बी)
एकराज बुढाथोकी (बी)